काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र मोदीबीच आज बिहान भेटवार्ता भएको हो । ओली प्रधानमन्त्री भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो…