काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालक २९ वर्षीय करण विकको मृत्यु भएको हाे । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।