जीवन खड्का-संवाददाता
रुकुम पश्चिम। रुकुम पश्चिममा गाडीको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु भएकाे छ।
सानीभेरी गाउँपालिकाको सिम्ली नजिकै आइतबार बिहान साढे ८ बजे भएकाे दुर्घटनामा परी उनीहरुकाे मृत्यु भएकाे हाे। मृतकमा आमा-छोरी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ।
घटनाको थप अनसुन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक झबिन्द्र परियारले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्