काठमाडौं। निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका प्रमुख नदी तथा खोलामा पानीको सतह बढ्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ। बागमती, विष्णुमती, मनोहरा र गोदावरीलगायत नदीको जलसतह उकालो लागेसँगै नदी किनारका जोखिमयुक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरी परिचालन भएका छन्। नेपाल प्रहरीले बागमती नदी आसपास साइरन बजाउँदै तथा माइकिङमार्फत सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको…