काभ्रे । विपी राजमार्गको काभ्रे खण्डमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मनसुन प्रतिकार्य कमाण्डपोष्ट काभ्रेपलाञ्चोकको आज बसेको बैठकले सम्भावित बाढी पहिरोको जोखिमलाई ध्यानमा राखी आगामी असोज ८ गतेदेखि १२ गते बिहान सम्म वि पी राजमार्गको काभ्रे खण्डमा बेलुकी ५ बजे देखि बिहान ५ बजे सम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो ।
वर्षात तथा बाढीको अवस्था मूल्यांकन गरी दिनको समयमा पनि सवारी साधन सञ्चालन रोक लगाउन पर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने उहाँले बताउनुभयो ।
नदि किनार र पहिरोको जोखिममा रहेका वासिन्दालाई बाढी पहिरोको संभावित जोखिमका बारेमा सचेत गराउन सुचना प्रवाह गरिरहेको उनको भनाई छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्थित सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्