काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा मौसम बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराईका अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भई हल्का वर्षा र हिमपात हुन सक्नेछ।









प्रतिक्रिया दिनुहोस्