Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


लुम्बिनीलाई हराउँदै काठमाण्डू गोर्खाज दोस्रो स्थानमा


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले आफ्नो तेस्रो जित दर्ता गर्दै अंकतालिकाको दोस्रो स्थानमा स्थान बनाएको छ । काठमाण्डूले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको हो ।

यस जितपछि काठमाण्डूको खातामा ६ अंक पुगेको छ । समान अंक रहेको सुदूरपश्चिम रोयल्सलाई नेट रनरेटमा पछि पार्दै काठमाण्डू दोस्रो स्थानमा उक्लिएको हो ।

चार खेल खेलेको काठमाण्डूले तीन खेलमा सफलता हात पारेको छ भने एक खेलमा पराजय भोगेको छ ।

Skip This