काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा सहभागी हुन शनिबार तुर्किए प्रस्थान गरेका छन् ।
तुर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म सञ्चालन हुने सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । उनले नोभेम्बर ९ मा हुने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, नोभेम्बर ११ र १२ मा आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि खनाल सहभागी हुनेछन् ।
सम्मेलनका अवसरमा नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने उच्चस्तरीय कार्यक्रममा समेत उनको सहभागिता रहनेछ । ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उक्त कार्यक्रममा हिमाली क्षेत्रका हिमनदी, क्रायोस्फियर, जलवायु उत्थानशीलता र दिगो वित्तीय व्यवस्थापनका विषयमा छलफल हुनेछ ।
परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया दिनुहोस्