काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्स खेल्नेछ । सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा अपराजित रहँदै अंकतालिकाको शीर्ष स्थानमा छ । लुम्बिनीविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध…