काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउन चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी क्वालिफायर्स–२ मा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। चितवनका कप्तान रवि बोपाराले टस जितेपछि सुदूरपश्चिमलाई बलिङको जिम्मेवारी दिएका हुन्।
दुवै टोलीका लागि यो खेल फाइनल पुग्ने अन्तिम अवसर हो। त्यसैले जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिएका छन्।
चितवनले अघिल्लो दिन भएको इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। उता, क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको हो।
यस खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ।









प्रतिक्रिया दिनुहोस्