काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक र आर्थिक कारबाही फिर्ता लिने निर्णय गरेको छ।
राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि विगतमा लगाइएका सम्पूर्ण प्रतिबन्ध तथा निलम्बन अन्त्य गर्ने निर्णय गरेको हो।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरी एन्फालाई पठाएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ लाई आधार बनाएर प्रतिबन्ध हटाइएको जनाइएको छ।
एन्फाले प्रतिबन्ध हटाउन माग गर्दै गत चैत २३ गते राखेपमा निवेदन दिएको थियो। राखेपले आफ्नो निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद मन्त्रालयका साथै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई पनि जानकारी गराएको छ।










प्रतिक्रिया दिनुहोस्