ओखलढुंगा । ओखलढुंगामा दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित आफ्नै घरको कोठाभित्र बन्दुक लुकाएर राखेको अवस्थामा स्थानीय ४३ वर्षीय बुद्धबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरको घरमा खानतलासी गर्दा दुई नाल भरुवा बन्दुक फेला पारेको थियो। प्रहरीले बन्दुकसँगै बारुदजस्तो देखिने धुलो पदार्थ भरिएका दुई बट्टा, फलामका २३ टुक्रा र एक रोल केपसमेत बरामद गरेको छ।
पक्राउ परेका मगरमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्