Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


युवाकवि मोतीराम भट्टको १६१औं जन्मजयन्ती आज देशैभर मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औं जन्मजयन्ती शुक्रबार मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि‍.स. १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर वि.स. १९५३ भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएकाे थियाे। युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो…