Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


पत्रकार दीपक बन्जाराको पहिलो उपन्यास ‘हृदयांश’ को औपचारिक रूपमा विमोचन


0
Shares

काठमाडाैं । पत्रकार एवं लेखक दीपक बन्जाराको पहिलो उपन्यास ‘हृदयांश’ को औपचारिक रुपमा विमोचन भएको छ ।

काठमाडाैंमा मंगलबार उपन्यासको एक कार्यक्रमकाबीच पूर्वउपसभामुख इन्दिरा राना मगरले विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सांसद समेत रहनुभएकी मगरले समाज र मानवीय जीवनलाई जोड्नका निम्ति साहित्यको भूमिकाकाे बारेमा चर्चा समेत गर्नुभयाे । उहाँले साहित्य केवल शब्दहरूको सङ्ग्रह मात्र नभई समाजको ऐना र मानवीय भावनाको गहिरो अभिव्यक्तिका रुपमा टिप्पणी गर्नुभएकाे छ ।

त्यस्तै, पुस्तककाे बारेका जेनजी अभियान्ता जस्मिन ओझाले समीक्षा गर्दै ‘हृदयांश’ उपन्यासको साहित्यिक, भावनात्मक र संरचनात्मक पक्षमाथि टिप्पणी गर्नुभयाे । साथै लेखक तथा पत्रकार बञ्जाराले आफ्नो पहिलो कृतिकाे बारेमा धारणा राख्दै उपन्यासमार्फत पाठकहरूले प्रेम, पीडा, क्षमा र नयाँ आशाको एउटा भावनात्मक यात्रा महशुस गर्ने विश्वास समेत व्यक्त गर्नुभएकाे छ।