सागर महत, अर्घाखाँची । अर्घाखाँचीका ९९ प्रतिशतभन्दा बढी घरधुरीमा विद्युत् सेवा पुगेको छ। जिल्लाका ६ स्थानीय तहमध्ये शितगंगा नगरपालिकाको वडा नम्बर ११ का करिब एक सय घरधुरीबाहेक अन्य सबै क्षेत्रमा विद्युत् विस्तार भएको नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख इन्जिनियर जनार्दन पौडेलका अनुसार जिल्लाभर करिब ३९ हजार ९ सय घरधुरीमा विद्युत् मिटर जडान गरिएको छ। विद्युत् सेवा नपुगेका बाँकी क्षेत्रमा पनि यसै वर्ष विस्तार गर्ने योजनासहित काम अघि बढाइएको उहाँले बताउनुभयो।
यसैगरी, मालारानी गाउँपालिकाको हंसपुरमा निर्माण गरिएको सबस्टेसन सञ्चालनमा ल्याउने तयारीमा पनि कार्यालय जुटेको छ।
विद्युत् वितरण प्रणालीलाई सुरक्षित बनाउँदै विद्युतीय दुर्घटना शून्यमा झार्ने लक्ष्यसहित काम भइरहेको प्राधिकरणले जनाएको छ। वितरण प्रणालीमा जोखिम निम्त्याउन सक्ने रुखका हाँगाबिँगा हटाउने अभियानलाई पनि कार्यालयले निरन्तरता दिएको छ।









प्रतिक्रिया दिनुहोस्