काठमाडौं ।
कामना न्यूज पब्लिकेसन्सद्वारा प्रकाशित वरिष्ठ पत्रकार तथा कथाकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन’ को एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
साहित्यप्रेमी, लेखक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिबीच गरिएको लोकार्पण कार्यक्रमका वक्ताहरूले नेपाली साहित्यमा सकारात्मक सोच, जीवनप्रतिको आशा र प्रेरणामूलक विषयवस्तु समेटिएका कृतिहरूको आवश्यकता बढ्दै गएको बताए ।
उनीहरुले ‘डोपामिन’ ले पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् । कथाकार लक्ष्मण अधिकारीद्वारा लिखित ‘डोपामिन’ कथा संग्रहमा मानव जीवनका विविध अनुभव, खुसीका क्षण, आत्मविश्वास, संघर्ष र प्रेरणादायी सन्देशलाई कथामार्फत प्रस्तुत गरिएको छ ।
संग्रहका कथाहरूले जीवनका चुनौतीबीच पनि सकारात्मक सोच कायम राख्दै अघि बढ्न प्रेरित गर्ने प्रयास गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्