काठमाडौं । दक्षिणपूर्वी बुल्गेरियाको याम्बोल नजिकै राजमार्गमा भएका दुईवटा श्रृंखलावद्ध सवारी दुर्घटनामा परी १० जनाभन्दा बढीको मृत्यु भएको छ ।
दुर्घटनामा करिव ५० वटा कार तथा ट्रक संलग्न रहेको जनाएको छ । याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभकाअनुसार बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनापछि उक्त राजमार्गमा दुवैतर्फको यातायात आवागमन बन्द गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्