Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, उद्धार जारी


0
Shares

काठमाडौं । काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदीमा यात्रुवाहक माइक्रोबस दुर्घटनामा परेको छ ।

काठमाडौं हुँदै सर्लाही गइरहेको माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिक दुर्घटनाग्रस्त भएको हो ।

प्रहरीका अनुसार अनियन्त्रित बनेको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनापछि घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरी उद्धार कार्य भइरहेको छ ।

दुर्घटनामा परेको माइक्रोबसको नम्बर पहिचान हुन सकेको छैन । उक्त सवारीसाधनमा करिब १३ देखि १४ जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेको संख्या तथा अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

Skip This