Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


२० दिनदेखि बेपत्ता युवक सुनकोसी किनारमा मृत फेला


0
Shares

शुभकला राई, ओखलढुंगा। दसैंको दिनदेखि सम्पर्कविहीन भएका ओखलढुंगाका एक युवक खोटाङमा मृत अवस्थामा फेला परेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका–३ निवासी २२ वर्षीय प्रख्यातहरि क्याम्पा राईको शव खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदी किनारमा भेटिएको हो ।

कात्तिक ४ गते राति कार्यक्रममा सहभागी हुन जाने भन्दै घरबाट निस्किएका राई दूधकोसीको जयराम क्षेत्रबाट सम्पर्कविहीन भएका थिए । करिब २० दिनपछि च्यास्मीटारको राजदह नजिकै नदी किनारमा उनको शव फेला परेको हो ।

घटनास्थल पुगेका आफन्तले शवको पहिचान गरेका छन् । परिवारले राईको मृत्यु शंकास्पद रहेको आशंका गर्दै घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन् ।

Skip This