Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


दसैँतिहारको कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ


0
Shares

काठमाडौं । सार्वजनिक कार्यक्रममार्फत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् ।

नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत हुने गरी दसैँतिहार विशेष कार्यक्रममा अश्लील नृत्य प्रस्तुत गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–७ बस्ने ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ बस्ने २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई कात्तिक २६ गते राति करिब १२ः०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Skip This