काठमाडाैं । विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता तथा महिला सशक्तीकरण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ६ व्यक्तिलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ। प्रतिष्ठानले स्थापना गरेको ग्रामीण पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द भट्टराईलाई, रेडियो पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्वअध्यक्ष राजेशकुमार अर्याललाई र साहित्य पुरस्कार साहित्यकर्मी नीलकण्ठ न्यौपानेलाई प्रदान गरियो। त्यसैगरी, विनय कसजू…