Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


युगकवि सिद्धिचरण पुरस्कार


208
Shares

काठमाडौं । यस बर्षको युगकवि सिद्धिचरण पुरस्कार साहित्यकार प्रा.डा. गार्गी शर्मालाई प्रदान गरिने भएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै युगकवि सिद्धिचरण पुरस्कार–२०८३ साहित्यकार प्रा. डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

नेपाली साहित्य आकाशका कालजयी स्रष्टा युगकवि श्रेष्ठको १ सय १५ औं जन्मजयन्तीको अवसरमा पुरस्कार प्रदान गरिंदै आएको छ । पुरस्कारको राशी नगद १ लाख रहेको छ ।

स्वतन्त्रता, मानवीय चेतना, राष्ट्रिय अभियान र युगबोधका कविका रुपमा नेपाली साहित्यमा अमिट पदचाप छाड्नुभएका युगकवि श्रेष्ठको साहित्यिक तेज तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने उद्देश्यले यस प्रतिष्ठानले प्रत्येक बर्ष नेपाली साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने अग्रणी साहित्यकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रा. गार्गीको ५ दशक बढी लामो साहित्यिक यात्रा, नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र युगकविको साहित्यिक चेतना नयाँ पुस्तासम्म पुर्याउन गर्नुभएको योगदानको आधारमा पुरस्कारका लागि चयन गरिएको पनि प्रतिष्ठानले जनाएकाे छ ।