१३ आश्विन २०८०, शनिबार | Sat Sep 30 2023


महिला भलिबलमा नेपाल पराजित

काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित भएको छ । देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सोझो सेटमा हराएको हो । पहिलो सेटमा भियतनामले ७ अंक जोडेपछि मात्र नेपालले पहिलो अंक जोडेको थियो । दोस्रो सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि भियतनामलाई रोक्न…