Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सुदूरपश्चिमलाई चितवनले दियो १३४ रनको लक्ष्य


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन जोडेको हो ।

टस आफ्नो पक्षमा पारेको चितवनले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसका लागि डेविड मलानले अर्धशतकीय पारी खेले ।

Skip This