Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


दूधको मूल्य बढाउन लागत र भारतीय बजारको अध्ययन गर्दै बोर्ड


0
Shares

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) ले दूधको मूल्य पुनरावलोकनसम्बन्धी दुग्ध व्यवसायीबाट प्राप्त सुझावका आधारमा दुधको मूल्य वृद्धि गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयमा लेखि पठाउने भएको छ ।

बिहीवार बोर्डको कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले यस्तो बताउनुभएको हो । दूधको मूल्य समायोजन कृषकको लागि समेत संवेदनशील विषय भएको भन्दै उहाँले उत्पादन लागत, ढुवानी खर्चको समेत अध्ययन गरेर दुधको मूल्य पुनरावलोकन हुनुपर्ने बताउनुभयो ।

उहाँले भारतमा दूधको मूल्य, किसानको लागत र ढुवानी खर्चको समेत अध्ययन नगरीकन हचुवाको भरमा दूधको मूल्य प्रश्ताव गर्न नसकिने समेत बताउनुभयो । उहाँले दूधको मूल्य निर्धारणका लागि संरचनागत अवधारणा तयार उल्लेख गर्दै सरोकारवालाबाट प्राप्त सुझावलाई समेत त्यसमा समेटेर कृषि मन्त्रालयमा प्रतिवेदन बुझाउने बताउनुभयो ।

उहाँले दुग्ध क्षेत्रका विद्यमान समस्या समाधानका लागि तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा कानुनी व्यवस्था गर्नुपर्ने विषय छुट्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुग्ध क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो । यसमा धेरै समस्याहरु रहेका छन् । दूधको मूल्य बढ्नु पर्दछ । तर हामीले यसको लागि दूध उत्पादनदेखि ढुवानीसम्मको सबै कुराको अध्ययन गरेर मात्र बढ्नुपर्छ । हामीले दुग्ध किसानको मागअनुसार दूधको मूल्य पुनरावलोकनको लागि लागि परेका पनि छौँ । तर अहिलेसम्म पनि काम भएको छ त्यो अवधारणामा मात्र भउको छ । हामीले नेपालमा दूधको मूल्य पुनरावलोकन गर्दा भारतमा समेत फरक पर्ने भएको कारणले त्यहाँको बजार भाउको समेत अध्ययन गर्नुपर्ने हुन्छ । यसका लागि कानूनी प्रक्रियाहरु समेत अपनाउनुपर्छ । केही कुरामा ल्याकिङ छ । त्यो एनेसँग बाधौँ । त्यसकारण अब दुग्ध व्यवसायलाई शुरुको चरणमा मात्र वर्षौँदेखि रहेको हुनाले अब यसलाई विकासको चरणमा प्रवेश गराउनुपर्छ । यहाँ आज आएका सबै सुझावसहित हामी मन्त्रालयमा प्रतिवेदन पठाउँछौँ ।’

दूधको मूल्य विगत तीन वर्षदेखि स्थीर रहेको भन्दै किसानले मूल्य पुनरावलोकन गर्न माग गर्दै आएका छन् ।

Skip This