Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


अर्घाखाँचीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


0
Shares

सागर महत, अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–१ स्यालेमा भएको दुर्घटनामा मोटरसाइकल चालक ४८ वर्षीय मुकुन्द चुँदालीको मृत्यु भएको हो । उनी सन्धिखर्क नगरपालिका–७ गच्छेका बासिन्दा हुन् ।

फुडवाङबाट सन्धिखर्कतर्फ आउँदै गरेको रा १ त ५०३९ नम्बरको ट्याक्टरको पछाडि सोही दिशाबाट आउँदै गरेको लु ६४ प ९८६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका चुँदालीको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ट्याक्टर चालक र दुवै सवारीसाधन नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This