Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


झापामा ७ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ


0
Shares

झापा । झापाको बिर्तामोडबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका–१ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलमा बस्दै आएका २३ वर्षीय रविन भट्टराई रहेका छन्।

प्रहरीका अनुसार बुधबार साँझ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले गणपति रोडमा शंकास्पद अवस्थामा रहेका भट्टराईलाई जाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकसहित ८ ग्राम ९३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो। प्लास्टिक हटाउँदा त्यसको तौल ७ ग्राम ९५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

त्यसक्रममा प्रहरीले उनको साथबाट २३ हजार ५०० रुपैयाँ नगद र प्रदेश १–०१–०१२ प ५९०९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो।

थप अनुसन्धानका क्रममा भट्टराईले आफू सुत्ने कोठाको खाटमुनि पनि लागुऔषध लुकाएर राखेको खुलेपछि प्रहरीले बिहीबार उक्त कोठामा खानतलासी गरेको थियो। खानतलासी गर्दा प्लास्टिकसहित ६ ग्राम १६० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ४९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Skip This