काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएको छ ।
सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शुक्रबार र शनिबार उनीहरूसँग सुनुवाइ गरिएको हो । सुनुवाइ सकिए पनि उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समितिले निर्णय गरिसकेको छैन । अहिले समिति यसबारे आन्तरिक छलफलमा रहेको छ ।
न्यायपरिषद्ले उच्च अदालतमा कार्यरत चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सिफारिस सूचीमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् । उनीहरू चारै जनाको संसदीय सुनुवाइ सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्