काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुने भएको छ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मौसम बदली भई हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आइतबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।









प्रतिक्रिया दिनुहोस्