Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा आज मौसम बदली भई वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोसीसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली हुने महाशाखाको अनुमान छ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

राति गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । यसैगरी, बिहानको समयमा तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले मौसममा यस्तो परिवर्तन देखिएको महाशाखाले जनाएको छ ।

Skip This