काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउ ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार ३ हजार ६७५ रुपैयाँ रहेको चाँदीको भाउ बुधबार घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्