Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ


0
Shares

डोल्पा । डोल्पा कारागारबाट फरार भएका थप दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक अनिलराज गिरीको कमाण्डमा खटिएको नौ सदस्यीय टोलीले स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया रहेका छन् ।

परियार चोरी मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् भने रोकाया जबर्जस्ती करणी मुद्दामा आठ वर्ष कैद सजाय भोगिरहेका थिए ।

प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरका अनुसार कारागारबाट फरार भएका अन्य चार कैदीको खोजी कार्य जारी छ ।

Skip This