Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


कार्तिक १९ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल


0
Shares

काठमाडौं ।

मेष: समय मिश्रित छ । मध्याह्नसम्म धन हानि, कष्ट त्यसपछि विजय, सफलता प्राप्ति होला ।

वृष: दिन शुभ देखिँदैन । दिनचर्या अस्तव्यस्त, वायु विकार, धन हानि, सन्तान–कष्ट हुन सक्छ ।

मिथुन: दिउँसोसम्म द्रव्य लाभ, उन्नति हुने देखिन्छ । त्यसपछि भने स्वास्थ्य बाधा चिन्ता होला ।

कर्कट: शुरुमा धन नाश, अस्थिरता होला । मध्याह्नबाट भने द्रव्य लाभ, मान–सम्मान हुने देखिन्छ ।

सिंह: उत्तम भोजन, कार्य सफल हुने देखिन्छ तर दिउँसोबाट भने अस्थिरता र खर्च बढ्न सक्छ ।

कन्या: अस्वस्थता, चोटपटकको भय होला । तर दिउँसोदेखि भने तपाईको समय अनुकूल छ ।

तुला: दिउँसोसम्म लाभ, मिष्ठान्न भोजनको सम्भावना छ । त्यसपछि अस्वस्थता, कष्ट हुन सक्छ ।

वृश्चिक: तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, आत्मसन्तुष्टि, सेवा वा आर्थिक लाभ होला ।

धनु: मध्याह्नसम्म भय, बाधा–व्यवधान तर त्यसपछि भने सुख–सन्तोष, कार्य सिद्धि हुने देखिन्छ ।

मकर: सजग रहनुहोला । रोगको भय, धन हानि, राज्यबाट अपयश हुने सम्भावना देखिन्छ ।

कुम्भ: शुरुमा धन लाभ, सफलता होला । मध्याह्नबाट भने कार्यमा बाधा, अस्वस्थता, खर्च हुन सक्छ ।

मीन: समय बलवान् छ । आर्थिक लाभ, पठनपाठनमा सफलता, विजय, समस्याको समाधान होला ।

Skip This