Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


एनपीएल: आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमान्डु भिड्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल खेलाइँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धाका लागि उत्रिँदैछन् ।

दिनको पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ः३० बजे सुरु हुने खेलमा लुम्बिनी अंक तालिकाको अग्रस्थान कायम राख्ने प्रयासमा हुनेछ ।

तीन खेलबाट दुई जित र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको लुम्बिनी हाल तालिकाको पहिलो स्थानमा छ । जनकपुर भने चार खेलमा समान दुई जित र दुई हारको नतिजासहित चौथो स्थानमा रहेको छ ।

यसैगरी, दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली दिउँसो ४ः३० बजे मैदानमा आमनेसामने हुनेछन् ।

चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित दोस्रो स्थान ओगटेको छ । काठमान्डु भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोर्दै सातौँ स्थानमा छ ।

Skip This