Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


लगातार वर्षापछि उपत्यकाका नदीमा जलसतह बढ्यो, सुरक्षा निकाय परिचालन


0
Shares

काठमाडौं। निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका प्रमुख नदी तथा खोलामा पानीको सतह बढ्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ।

बागमती, विष्णुमती, मनोहरा र गोदावरीलगायत नदीको जलसतह उकालो लागेसँगै नदी किनारका जोखिमयुक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरी परिचालन भएका छन्।

नेपाल प्रहरीले बागमती नदी आसपास साइरन बजाउँदै तथा माइकिङमार्फत सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको छ। च्यासल, शंखमुल र बागमती दोभानलगायत क्षेत्रमा प्रहरीले उच्च सतर्कता अपनाउन स्थानीयलाई सचेत गराइरहेको छ।

यस्तै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले नदी किनार हुँदै निर्माण गरिएको करिडोरमा सवारी गस्तीलाई निरन्तरता दिएको छ। नदीको जलसतह थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।