Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


बतासेडाँडामा मिनी ट्रक दुर्घटना : चालक घाइते, सहचालक बेपत्ता


338
Shares

सुबर्ण श्रेष्ठ ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ स्थित बतासेडाँडामा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको खाध्यान्न बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ।

प्र ०३-०१-००३ क ५६०५ नम्बरको उक्त ट्रक सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ। चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ निवासी पुष्पराज भुजेल रहेका छन्।

यसैगरी, सहचालक रमेश विक भने हालसम्म बेपत्ता रहेका छन्। प्रहरी टोलीले उनको खोजीकार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ।