काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गर्ने तयारी गरेको छ।
क्यानका सचिव पारस खड्काका अनुसार डीआरएसका लागि दुईवटा कम्पनीसँग प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ। परीक्षण गरिएको प्रविधिको शुद्धता र विश्वसनीयताको अन्तिम मूल्याङ्कनपछि कुन कम्पनी छनोट गर्ने भन्ने निर्णय गरिनेछ।
आईसीसी विश्वकपमा प्रयोग हुने अत्याधुनिक डीआरएस प्रणाली ल्याउन पर्याप्त स्रोतसाधन नभए पनि उपलब्ध प्रविधिमार्फत एनपीएलमा डीआरएस सुरु गर्ने क्यानको योजना छ।
एनपीएल २०२६ आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीबीच कुल ३२ खेल हुनेछन्।










प्रतिक्रिया दिनुहोस्