Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


नेकपा एमाले ३ मन्त्रालयसहित कर्णाली सरकारमा सहभागी


0
Shares

काठमाडाैं । नेकपा एमाले ३ मन्त्रालयसहित कर्णाली प्रदेशको सरकारमा सहभागी भएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय सम्हालेको हो ।जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजनामन्त्री, मुगुका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्।

नेपाली कम्युनिष्ट पार्टी र एमालेको सहमति अनुसार सरकारको नेतृत्व भने नेकपाका मंगलबहादुर शाहीले गर्नुभएकाे छ।