Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


रूकुम पश्चिममा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु


0
Shares

जीवन खड्का-संवाददाता

रुकुम पश्चिम। रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका-६ कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना भएकाे छ।

आइतबार बिहान साढे ८ बजे सोही पालिका-६ र ३ को सीमानामा पर्ने डाँगडुङ्गी मोडमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हाे। दुर्घटनामा परी केही यात्रु घाइते भएको स्थानीय प्रेम खत्रीले जानकारी दिनुभयाे। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र इलाका प्रहरी कार्यालय सिम्लीबाट प्रहरी दुर्घटना स्थलतर्फ जाँदैछ।

प्रहरी घटनास्थलमा पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हेमन्त गिरीले बताउनुभयाे। जिपमा कति जना यात्रु सवार थिए भन्ने बारेमा भने एकिन विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।