Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


उपरथीमा पदोन्नति भएका  पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान


0
Shares

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। खत्री २०८३ असोज २२ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका थिए।

सोही कार्यक्रममा महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, विभिन्न अधिकृत तथा पदोन्नति भएका रथीवृन्द र अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो।

Skip This