Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ चालक कारबाहीमा


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६८ जना, तीव्र गतिमा सवारी चलाउने १०३ जना र सिसीटिभी निगरानीबाट पहिचान भएका ४० जना कारबाहीमा परेका छन्। त्यस्तै, ट्राफिक बत्तीको नियम उल्लङ्घन गर्ने ३४ जना पनि कारबाहीमा परेका छन्।

निषेधित क्षेत्रमा हर्न बजाउने नौ जना, अवस्था ठीक नभएका सवारीसाधन चलाउने आठ जना र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ जना कारबाहीमा परेको प्रहरीले जनाएको छ। अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जना पनि कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटना कम गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न नियमित निगरानी तथा जाँचलाई निरन्तरता दिइएको बताए।

प्रहरीले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ट्राफिक नियम पालना गर्न र लापरवाहीपूर्वक सवारी नचलाउन चालकहरूलाई आग्रह गरेको छ।

Skip This