Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सुनचाँदीको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले उकालो लागेको छ। मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Skip This