Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ


0
Shares

काठमाडाैं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मंगलबार बिहान लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४६ वर्षीय शबाना बानु यार महम्मद शेख र ३५ वर्षीय शरिफ अब्बास अन्सारी रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुबास बोहराका अनुसार उनीहरूको साथबाट १४ किलो थाई गाँजा बरामद गरिएको हो। उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडानमार्फत काठमाडौं आएका थिए।

बाटिक एयरको उडान नम्बर ओडी–१८२ बाट आएका उनीहरूमाथि शङ्का लागेपछि ब्युरोको टोलीले जाँच गरेको थियो। सोही क्रममा उनीहरूको साथबाट उक्त परिमाणमा थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ।

Skip This