सविना अछामे,खोटाङ । सुमो दुर्घटनामा परी सुनकोशी नदीमा बेपत्ता ३ मध्ये २ जनाको शव फेला परेको छ ।
गत कात्तिक १ गते काठमाडौंबाट खोटाङ आउदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुली फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्दा बेपत्ता भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० हरि पुर्कोटी र २२ वर्षीया अप्सरा राईको शव कात्तिक ९ गते फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव कटारीस्थित सुनकोशीमा र राईको शव सुनसरीस्थित सप्तकोशीमा फेला परेको हो । उनीहरूसंगै बेपत्ता भएका २६ वर्षीय रोसन मुग्रातीको शव भने अझै फेला परेको छैन ।
उक्त घटनामा लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १९ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भइ दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको छ । गाडीमा सवार १० मध्ये ३ जनाको मृत्य, ३ जना बेपत्ता र ४ जना घाइते भएका थिए ।









प्रतिक्रिया दिनुहोस्