काठमाडौं । नेपालले गाभी (द भ्याक्सिन एलाइन्स) बाट सन् २०३० सम्म नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहयोग पाउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहलपछि नेपालले उक्त सहायता प्राप्त गर्ने निश्चित भएको हो।
मन्त्री मेहताको सचिवालयका अनुसार गाभीले नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा गर्ने भएको छ। गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै उक्त रकम मिनाहा भएको जनाइएको छ।
सहायता सुनिश्चित हुनु र रकम मिनाहा हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता र प्रभावकारिता कायम राख्न गाभीबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।











प्रतिक्रिया दिनुहोस्