Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


सुनको मूल्यमा वृद्धि, चाँदी भने घट्यो


0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ थियो। सोमबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले बढेको थियो।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ। मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँमा झरेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

Skip This