Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


नेपालमा चक्रवात प्रणालीको प्रभाव कस्तो होला ?


0
Shares

काठमाडाैं ।

बंगालको खाडीमा विकसित भइरहेको चक्रवात नेपालतर्फ पनि अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले अर्नव चक्रवात पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना रहेको बताउनु भएको छ ।

बिहीवार साँझदेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव नेपालमा रहने प्रारम्भिक पूर्वानुमान गरिएको भन्दै उहाँले उक्त प्रणाली अहिले पनि बंगालको खाडीमै रहेकाले त्यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्था अनुसार वर्षाको मात्रा तथा प्रभाव आँकलन हुने बताउनुभयो । वर्षाको सम्भवना देखिए पनि आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँको भनाई छ ।

यद्यपी जोखिमयुक्त क्षेत्रमा भने सतर्कता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । विभूति पोखरेल, वरिष्ठ मौसमविद् नेपालमा वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने मौसमविद्हरुको अनुमान छ । हिमाली क्षेत्रको यात्रामा रहेका तथा जाने योजना बनाएकाहरुले सतर्कता अपनाउनुपर्नेमा पनि मौसमविद् पोखरेले सुझाव दिनुभएको छ ।

Skip This