Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


गुल्मीमा स्कार्पियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते


364
Shares

सागर न्याैपाने, स्याङजा । गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेद थापामगरले जानकारी दिनुभएको छ।

गण्डकी प्रदेश बा एए ०२२० नम्बरको स्कार्पियो सिरकोटबाट राक्से हुँदै वालिङतर्फ जाने क्रममा कालीगण्डकी गाउँपालिका–२, दभौखानीको भित्री सडकखण्डबाट करिब दुई सयदेखि दुई सय पचास मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु हुनेहरूमा वालिङका दिलीप वाग्ले, शिव पराजुली, कालीगण्डकी गाउँपालिका–१, सिरकोटका लोकनाथ पाण्डे, हाल वालिङ बस्दै आएकी सीता पाण्डे तथा सिरकोटका कुलानन्द पाण्डे रहेका छन्।

मृत्यु हुने वाग्ले जिल्ला समन्वय समिति स्याङ्गजाका पुर्व उपप्रमुख हुनुहुन्छ । दुर्घटनामा घाइते हुनेहरूमा कालीगण्डकी गाउँपालिका–१, सिरकोटका हाल बुटवल बस्दै आएका छविलाल पाण्डे, हाल वालिङ बस्दै आएकी गोमला पाण्डे, वालिङ–१० का बालकृष्ण सुवेदी र वालिङकी गीता वाग्ले रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि स्याङ्जाको मिर्मीतर्फ पठाइएको गाउँपालिका अध्यक्ष थापामगरले जानकारी दिनुभएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू पारिवारिक भ्रमणमा रहेको खुलेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Skip This