Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


एनपीएल ३ : सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८७ रनको लक्ष्य


13
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.१ ओभरमा ८७ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने अनिल खरेल १५ रनमा अविजित रहे । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए भने शेर मल्लले ३ विकेट झारे । स्याडेली भान साल्कविक, तिलक राज भण्डारी र रोहितकुमार पौडेलले समान १ विकेट लिए ।

Skip This