Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिमको दोस्रो विकेट पतन, आरिफ शून्यमै आउट


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमका आरिफ शेख बिना कुनै रन बनाएर आउट भएका छन् ।

लुम्बिनी लायन्सका बलर किशोर महतोले पाँचौँ ओभरको दोस्रो बलमा आरिफलाई साड्ली भान साल्कविकको हातबाट क्याच आउट गराएका हुन् । आरिफले ६ बल सामना गरे पनि रन बनाउन सकेनन् ।

यससँगै सुदूरपश्चिमले २६ रन जोड्दा दुई विकेट गुमाएको छ । यसअघि ओपनर विनोद भण्डारी ९ रन बनाएर आउट भएका थिए ।

ताजा अवस्थामा सुदूरपश्चिमका सैफ जैब १३ रन बनाएर क्रिजमा छन् ।

Skip This